चितवन, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन आइपुग्नु भएको छ । रत्ननगरको बछौलीमा आयोजना हुने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा भाग लिन चितवन आइपुग्नुभएको हो । आज पर्यटकीय क्षेत्र सौराहामा बस्नुहुने कार्यक्रम छ ।
अहिले ठूलो संख्यामा सौराहामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।
असार १५ गते चितवनको बछौलीमा आयोजना गरिने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सहभागि भएर पश्चिम चितवनमा आयोजना हुने अर्को कार्यक्रममा सहभागिता जनाउनुहुने कार्यक्रम छ।
पहिलो पटक काठमाडौं बाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा धान रोप्ने मेसिनले १ हेक्टर क्षेत्रफलमा धान रोपिने छ ।
बछुली बहुउद्देश्यीय कृषि समूहको आयोजनामा गर्न लागिएको महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरणको विषयमा समेत जानकारी दिइने छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।




—00–


