काठमाडौं, १२ असार। लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका-३ मा गएराती पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।
आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको हो । पहिरोले घर बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उद्धार र वेपत्ताहरुको खोजिका लागि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल तर्फ गएका छन् ।
त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी बताउनुभयो ।
फाईल फोटो


