चितवन खैरहनीका मृगौला विरामीलाई थारु कल्याणकारिणी सभा जापानले पठायो आर्थिक सहयोग

चितवन, ३ असार । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कुशहना बस्ने ४३ वर्षका मृगौला विरामी बाबुलाल चौधरीलाई थारु कल्याणकारिणी सभा जापानले आर्थिक सहयोग गरेको छ । ३१ हजार ५ सय ५ रुपैयाँ प्राप्त आर्थिक सहयोग रकमलाई थारु कल्याणकारिणी सभा चितवनको टिमले विरामी चौधरीको घरमै पुगेर हस्तान्तरण गरेका हुन ।

उपचारमा थौरै सहयोग पुग्ने भन्दै थारु कल्याणकारिणी जापानकी आजिवन सदस्य समेत रहनुभएकी चितवन खैरहनी घर भएकी बिनिशा चौधरी र रिश्मा चौधरीको पहलमा आर्थिक सहयोग पठाइएको थारु कल्याणकारिणी सभा चितवनका जिल्ला उप सभापति पूर्ण महतोले जानकारी दिनुभयो ।

घरको आर्थिक अवस्था अत्यन्तै दयनिय भएका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि परिवारले याचना गरेका थिए । स्थानीय खैरहनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष चन्द्रविक्रम महतो, वडा सदस्य सुरेन्द्र चौधरी, स्थानीय देवीस्थान मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजकुमार दहित, ीथानीय जय बजरङबली यूवा क्लबका अध्यक्ष जग्गुराम चौधरीको लगायत अन्य थारु अगुवाहरुको उपस्थितीमा प्राप्त सहयोग रकम मृगौला विरामीका परिवारलाई हस्तान्तरण गरिएको थियो ।

बाँच र बचाउँ, सेवा गरौं, पुण्य कमाउँ भन्ने मूल नाराका साथ थाकस जापानले यस्ता खालका समस्यामा परेकाहरुलाई आर्थिक सहयोगगर्दै आएको छ । यो पटक थारु कल्याणकारिणी सभा चितवनसँग समन्वय गरेर चितवनको खैरहनी वडा नं. १० का बाबुलाल चौधरीलाई आर्थिक सहयोग पठाइएको थाकस जापानका अध्यक्ष ओम प्रकाश दास थारूले जानकारी दिनुभयो । थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सचिव सन्तकुमार चौधरी, कोषाध्यक्ष सविता चौधरी पनि सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थ्ति थिए ।

चौधरीको दुवै मृगौलामा समस्या देखिएको छ । आर्थिक अवस्था अन्यन्तै कमजोर भएकाले उपचारगर्न समस्या छ । भएका धेरैथोरै सम्पति पनि उपचारगर्दै सकियो । बेलाबेला अस्पताल गइरहनुपर्छ । आर्थिक अभावले आवश्यक औषधी उपचारगर्न समस्या भएपछि चौधरीको परिवारले जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेका थिए । अहिले स्थानीय बजरंगवली क्लबले आर्थिक सहयोगका लागि अगुवाई गर्दै आएको छ ।
देश विदेशमा रहनुभएका नेपालीहरुसँग जीवन रक्षाका लागि चौधरीका परिवारले सहयोगका लागि अपिल गरेका छन् ।

यदि तपाई पनि चौधरीलाई सहयोग गर्न चाहनुहुन्छ भने  बाबुलाल चौधरीको धर्मपत्नी मञ्जु चौधरीको नाममा रहेको  राष्ट्रिय बाणिज्य बैंक पर्सा साखा खाता नं=5290100000248010 आर्थिक सहयोग पठाउन सक्नुहुनेछ । –00–

—00—-

Share:

सम्बन्धित समाचारहरु