कालिकाको चेपाङ डाँडामा जेसीवी दुर्घटनाहुँदा चालकको मृत्यू

कालिका, १० जेठ। कालिका नगरपालिका वडा नं. १० स्थित पाइमारामा जेसीवी दुर्घटनाहुँदा चालकको मृत्यूभएको छ। बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी दुर्घटनाहुँदा खैरहनी नगरपालिका वडा न. १० बस्ने ३६ वर्षीय चालक कृष्ण थापाको मृत्यू भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटना भएको क्षेत्रलाई चेपाङ डाँडा समेत भन्ने गरेका छन् ।

इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धि तर्फ आउँदै गर्दा पाइमारामा जेसीवी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेम केसीले जानकारी दिनुभयो । पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको उहाँले बताउनुभयो । प्रहरका अनुसार चालकको घटना स्थलमै मृत्यू भएको हो ।–00–

Share:

सम्बन्धित समाचारहरु