नारायणगढको भृकुटी बोर्डिङ स्कुलमा पढ्ने तीन वर्षीय बालकको मृत्यु

चितवन, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगर नारायणगढस्थित भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर–११ बस्ने दिलिप गुप्ताको छोरा युवराज गुप्ताको आइतवार मृत्यु भएको हो ।

 

स्कुलको कक्षामा खेलिरहेका युवराज आइतवार दिउँसो ११ः५५ बजे अचानक बेहोस भएपछि उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा आइतवार दिउँसो १२ः२८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु