भरतपुरमा स्कुल बसमा अज्ञात समूहले आगजनी गरे

चितवन, ३० बैशाख । भरतपुर महानगरपालिकाको वडा नं. २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो । बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै फरार छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत खोसेर लगेका छन् । सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु