रसुवा, १२ साउन । –
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानका क्रममा आइतबार दुई तीर्थालु बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला, विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्। उनीहरू गहिरो स्थानमा स्नान गर्न कुण्डमा पसेपछि डुबेर बेपत्ता भएको आशंका गरिएको छ।
घटनापछि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई तत्काल गोसाइँकुण्ड पठाइएको छ। खोजी कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिएका छन्।
तीर्थयात्राका लागि गोसाइँकुण्ड पुग्ने भक्तजनलाई सचेत रहन पनि सुरक्षाकर्मीले आग्रह गरेका छन्।—00–


