रत्ननगर । पूर्वी चितवनको रत्ननगरका दुई वडामा पानी सुरक्षा तथा सरसफाई सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं २ र ५ मा प्रशिक्षण कार्यक्रम गरेको हो । वडा समितिले आयोजना गरेको सो कार्यक्रममा पानी सुरक्षा, पानी चुहावट नियन्त्रण, स्रोत संरक्षण र सरसफाईको बारेमा उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको संस्थाकी कोषाध्यक्ष तथा पानी सुरक्षा समितिका संयोजक सरस्वती लामाले जानकारी दिइन् । कार्यक्रममा संस्थाका इन्जिनियर ज्ञाप्रकास पौडेलले सहजीकरण गरेका थिए । सो अबसरमा संस्थाका अध्यक्ष बाधब प्रसाद अर्यालले संस्थाले पानी वितरणसंगै पानी सुरक्षा, चुहावट नियन्त्रण र स्रोत संरक्षणलाई प्राथमिकता दिएर काम भइरहेको बताए ।
वडा नं २ भएको कार्यक्रममा वडा सदस्य राधा विक लगायतको सहभागिता रहेको थियो । वडा संयोजक भरतमणि आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । वडा नं ५ मा भएको कार्यक्रममा वडाध्यक्ष बालकृष्ण चापागाईँ, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल, नेपाली काँग्रेसका ऋषि गुरुङ लगायतले मन्तव्य राखेका थिए । वडा संयोजक देबकी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । दुईवटै कार्यक्रमको प्रमुख अतिथि रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्याल रहेका थिए । कार्यक्रममा कोषाध्यक्ष सरस्वती लामाले कार्यक्रमको उद्देश्यका बारेका प्रकाश पारेकी थिइन् ।–00–


