कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु,बसमा फसेका ३७ जनाको उद्धार

काठमाडौं, २३ फागुन। कपिलबस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबहाक बस त्रिशुलीनदीमा खस्दा ४ जनाको मृत्युभएको छ ।

आज विहान ५ बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।  दुर्घटनापछि बसमा फसेका ३७ जनालाई सशस्त्र प्रहरी बल, नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

बसमा सवार यात्रुहरुको खोजीको लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।–00–

फोटोः प्रेस नेपाल

Share:

सम्बन्धित समाचारहरु