भरतपुर, १८ फागुन । भरतपुर आँखा अस्पतालको जग्गा सम्बन्धी समस्याको सामाधान छिट्टै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको नव निर्मित भवनको उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
आँखा अस्पतालको जग्गा सम्बन्धी समस्याबारे उठेका प्रश्नहरुलाई आफुले गम्भीरताका साथ लिएको र काठमाण्डौं फर्किए लगतै सामाधानका लागि प्रयासगर्ने उहाँले बताउनुभयो । यस्तै आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा अधिकमत बजेटको व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रकृया नयाँ चिराबाट सुरुभएकोले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा अधिकतम बजेटको व्यवस्थापनहुृने बताउनुभयो ।
आँखा अस्पतालले आँखाको उपचारसँगै अध्ययन, अध्यापन, र अनुसन्धान व्यवसायिक तालिमको क्षेत्रमा विशिष्ठ योगदान पुयाउँदै आएकोमा खुशी व्यक्तगर्नुभयो । भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्रै अस्पताल नभएर स्वदेश तथा विदेशमा रहेका आँखाका विरामीहरुको उपचारको केन्द्रको रुपमा स्थापितहुँदै गएकोले यसलाई अझै व्यस्थ्ति बनाउन सरकारले आवश्यक थप सहयोग र सहजिकरणगर्ने प्रष्टपार्नुभयो ।
२०४४ सालमा स्थापना भएको अस्पताल नेपाल नेत्र ज्योति संघले संचालनगर्दै आएको छ ।–00–


