सन्तकुमार चौधरी-
चितवन, १६ फागुन । भरतपुर भ्रमणवर्ष २०८० लाईप्रर्वद्धनगर्ने उद्देश्यले रोटरी क्लब अफ रत्ननगरले आयोजनागर्न लागेको ‘रोटरी मिनी म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । फागुन १९ गते आयोजनाहुने ‘रोटरी मिनी म्याराथन प्रतियोगितामा दुई विद्यामा धावकहरुले प्रतिस्पर्धागर्न लागेको भरतपुरमा आज विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । १५ दशमलव ४ किलोमिटर खुल्ला प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिताहुने रोटरी मिनी म्याराथन प्रतियोगिताका संयोजक विपिन पोख्रेलले जानकारी दिनुभयो ।
यो पटक सिमान्तकृत समुदाय अन्तर्गत चेपाङ समुदायले समेत प्रतियोगितामा सहभागिता जनाउँदैछन् । प्रतियोगिताका संयोजक पोख्रेलका अनुसार अहिले सम्म ८९ जना चेपाङ सहित ६ सय ९१ जनाले सहभागिताका लागि नाम दर्ता गराएका छन् । जसमा खुल्ला तर्फ ३६४ जना पुरुष र २ सय ३८ जना महिला छन् । यस्तै चेपाङ समुदाय अन्तर्गत ८९ जना मध्य ४८ जना महिलाहरु छन् । यो वर्षको १५ दशमलव ४ किलोमिटर दूरीको खुल्ला प्रतियोगिता नारायणी नदी किनार( उद्योग बाणिज्य संघ चितवन) वाट सुरु भइ होटल स्टार चितवन प्रा.लि. रत्ननगरमा समापन गरिनेछ । यस्तै ५ किलोमिटरको दूरीको महिला लक्षित प्रतियोगिता टिकौली जंगलको मध्य भागबाट प्रारम्भ भइ होटल स्टार चितवनमा समापन हुने आयोजकले जनाएको छ ।
१५ किलोमिटरको खुल्ला प्रतियोगिताका लागि १ घण्टा २० मिनेट र महिला लक्षित ५ कि.मि दूरीको लागि २५ मिनेट समय निर्धारण गरिएको छ। प्रतियोगितामा सहभागि मध्ये पुरुष खुल्ला तर्फ प्रथम हुनेले १ लाख रुपैयाँ नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्धितीयहुनेले ५० हजार नगद सहित चाँदीको तक्मा एवम प्रमाणपत्र, तृतीयहुनेले २५ हजार नगद सहित चाँदीको तक्मा एवम् प्रमाणपत्र, चौथोहुनेले १० हजार नगद, पाँचौहुनेले ५ हजार नगद एवम् प्रमाणपत्र, छैठौंदेखि दशौं स्थान सम्मका लागि ३ हजार नगद सहित प्रमाणपत्र र दूरीपुरागर्ने चेपाङलाई २ हजार नगद पुरस्कारस्वरुप प्रदान गरिनेछ ।
यस्तै ५ कि.मि महिला लक्षित प्रतियोगिता अन्तर्गत प्रथमहुनेले २० हजार नगद सहित चाँदीको तक्मा एवम् प्रमाणपत्र, द्धितीयहुनेले १० हजार नगद र चाँदीका तक्मा सहित प्रमाणपत्र, तृतीयहुनेले ५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथोहुनेले ३ हजार नगद र प्रमाणपत्र, पाँचौंहुनेले २ हजार ५ सय नगद एवम प्रमाणपत्र, छैठौंदेखि दशौंहुनेले २ हजार नगद एवम प्रमाणपत्र र दूरी पुरागर्ने चेपाङ महिलालाई १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
‘रोटरी मिनी म्याराथन आरसि रत्ननगर २०२४ नाम दिइएको प्रतियोगिताको उद्घाटन नारायणी नदी किनारमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटनगर्नुहुने कार्यक्रम छ। कार्यक्रमको समापन भने रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटालेगर्नुहनेछ ।




—00—


