चौतरिया बघडिया पटिदारीको २३ ओैं सम्मेलनमा थारू जातिको उत्पति र उदगम बारे बहस

चितवन, ८ फागुन । चौतरिया बघडिया पटिदारी चितवनको २३ओैं वार्षिक सम्मेलन रत्ननगर(८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ । थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन् ।

अवधारणा पत्रमा थारू समुदायको उत्पत्ति र उदगमको इतिहास खोतल्ने प्रयास गरिएको छ । दुईवटा छुट्टाछुट्टै वैज्ञानिक समूहले चितवन लगायत नेपाल र भारतका थारूहरूको डिएनए परिक्षणको नतिजा अनुसार थारू समुदाय दक्षिण एशियाको उत्तरी भूभागबाट उत्पत्ति भएको र यस क्षेत्रको पहिलो बासिन्दा रहेको तथ्य उजागर गरेका छन् । उनका अनुसार सन् १९८६ र २०१० मा विश्वभरका वैज्ञानिक डाक्टरहरूका दुई समूहले थारूहरूका डिएनए परिक्षण गरी नतिजा निकालेका छन् ।

जंगली युगमा समूह समूहमा रहने आदिमानवहरूको विकसित रूप नै थारू समुदायको पटिदारी समूह हो भनेर अवधारणा पत्रमा उल्लेख छ । पहिला काजक्रियामा मात्र भेला हुने सयौंको संख्यामा रहेको पटिदारी समूहहरू अहिले वार्षिक भेला गर्ने र बचत संकलन गर्ने गर्दछन् । ती सबै पटिदारी समूहलाई थारू कल्याणकारिणी सभाले भातृसंस्थाको दर्जा दिई आबद्ध समूहहरूको अन्तर पटिदारी सञ्जाल निर्माण गरी संकलित रकमहरूलाई कानूनी मान्यता प्राप्त हुने बित्तिय संस्था सञ्चालन गर्नुपर्ने अवधारणामा उल्लेख छ ।

सम्मेलनको समुदघाटन समारोहका प्रमुख अतिथि थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरी लगायत विशेष अतिथि रत्ननगर नगरपालिका वडा नं। ८ का वडाध्यक्ष कृष्ण चौधरी, थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्त कुमार चौधरी, थारू कल्याण महासंघ पश्चिम चम्पारण,जम्हौ

ली तापाका अध्यक्ष तथा सहारा दैनिकका सम्पादक भूपेश प्रसाद राय, पटलहरा वंशावली सेवा समाजका केन्द्रीय अध्यक्ष विक्रम चौधरीले मन्तव्य व्यक्त गर्नुभयो साथै पट्दार लिलावती चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा चौतरिया बघडिया पटिदारीका कोषाध्यक्ष आदिराम महतोले आर्थिक प्रतिवेदन र सचिव यसराम महतोले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सम्मेलन चौतरिया बघडिया पटिदारीका अध्यक्ष मागर महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Share:

सम्बन्धित समाचारहरु