भरतपुरमा नाम छुटेका सुकुमबासीलाई नाम दर्ता गर्न ३५ दिनको समय

चितवन, ३ फागुन ।

भरतपुर महानगरपालिकाले नाम दर्तामा छुटेका भूमिहिन सुकुमबासी तथा अव्यिवस्थित बसोबासीलाई नाम दर्ता गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय भूमि आयोगले फागुन १ गते सूचना प्रकाशित गरेर ३५ भित्र छुटेको नाम दर्ता गर्न अनुरोध गरेको जनाएको हो । सूचनामा सबै नाम छुटेका व्यक्तिहरुले वडा कार्यालयमा फाराम भर्नुपर्ने जनाइएको छ ।

Share:

सम्बन्धित समाचारहरु