चितवन, २६ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कालिका शाखाले शुक्रवार तेश्रो ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) आयोजना गरेको छ । कालिका नगरपालिका, रत्ननगरपालिका र इच्छाकामना गाउँपालिकामा रहेका आफ्ना सदस्यहरुको अभिभावकहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको कालिका शाखा प्रमुख ऋषिराम तिमिल्सीनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलामा ३ जना उत्कृष्ट सफल व्यवसायिलाई ३ हजार ५ सय ५१ रुपैयाँ नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरिएको छ । यस्तै शाखाका १० वटा उत्कृष्ट इकाई समुहलाई १७ हजार ५ सय ५० रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको छ । यस्तै १० वटा इकाई (समुह) अन्तर्गतका १० जनाको छोरी पढाउनका लागि ३ हजार ६ सयका दरले ३६ हजार रुपैयाँ छात्रवृत्ती र एसईइ परीक्षामा ३ जिपीए ल्याउने एकजनालाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै भेलामा उत्कृष्ट विशिष्ट २ जना सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सदस्य १ सय २५ जना र अभिभावक ४६ गरी कुल १ सय ७१ जनाको सहभागिता थियो । कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यवसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्रविधिको प्रयोग कसरीगर्ने आदि विषयमा प्रशिक्षण समेत दिइएको थियो ।
बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक निधि तिवारी सहायक महा प्रबन्धक निकेश अधिकारी प्रदेश प्रमुख श्रीकृण्ण जोशी,अनुगमन प्रमुखहरू राधाकृ्ण्ण तिमिल्सिना धुव्र अधिकारी र तालिम बिभागका प्रेम नायजु, सूचना प्राविधिक , शाखा प्रबन्धक ऋषि राम तिमिल्सिना शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गरेका थिए । भेलामा सहभागी भएका ग्राहक सदस्य वाट आएका गुनासो को वारेमा सुनुवाइ भएको थियो।








—-0—-


