मुम्बईको २२ तले भवनमा भीषण आगलागी

काठमाण्डौ , ६ माघ ।

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ । बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । आगलागीको जानकारी प्राप्त हुनासाथ पाँच दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो । घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस/एएनआई

Share:

सम्बन्धित समाचारहरु