चितवन, १८ पौष । चितवन मेडिकल कलेजको भेन्टीलेटरमा उपचार भइरहेको खैरहनी वडा नं. ५ बस्ने कृष्णवहादुर पौडेलको परिवारले सहयोगको याचना गरेका छन् । १९ वर्षका पौडेल गत सोमवार विष सेवन गरेका कारण अचेत भएर ढलेपछि उपचारका लागि भरतपुर लगिएको थियो । भरतपुर स्थित चितवन मेडिकल कलेज(नयाँ मेडिकल) मा उनको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको तेश्रो तल्ला स्थित भेन्टीलेटरको ४ नं. बेडमा उचार भइरहेको उनको दिदि कौशीला पौडेलले जानकारी दिइन ।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले स्वास्थ्य उपचारमा समस्या हुँदै गएको छ । विष सेवन किन गरेका हुन भन्ने खुलेको छैन । अचेत अवस्थामा लडेको देखेपछि परिवारले एम्बुलेन्समा राखेर रत्ननगर स्थित बकुलहर रत्ननगर अस्पताल लगेका थिए । अस्पतालले प्राथमिक उपचारपछि भरतपुर लैजान भनेपछि उनलाई भरतपुर स्थित सरकारी अस्पताल लगिएको थियो । भरतपुर अस्पतालमा भेन्टीलेटर खाली नभएपछि पुरानो मेडिकल कलेजमा लगे । त्यहाँपनि भेन्टीलेटर खाली नभएपछि उनलाई चितवन मेडिकल कलेज लगिएको हो ।
अहिले सम्म १ लाख रुपैयाँ नगद औषधी किन्दै सकियो उनको दिदि कौशीलाले भनिन– भित्र फार्मेसीमा ५२ हजारको उधारो औषधी लिएका छौं । थप औषधी प्रयोगगर्न डिबोजिटगर्न भनेका छन् ।
सम्पतिको नाउँमा १० धुरमा बनेको सानो छाप्रो सहितको घर मात्रै छ । ६७ वर्षका बुबा एकवहादुर पौडेल र ६४ वर्षका आमा निरमाया पौडेल दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएका छन् । दिदि कौशीला भखरै १२ कक्षा सकेर नारायणगढ स्थित एउटा ब्याग पसलमा सामान्य कामगर्न सुरु गरेकी छन् । एकजना बहिनी छिन उन ीभखरै कक्षा ६ मा पढ्छीन् ।
सोमवारदेखि अचेत रहेका कृष्ण पौडेलको आज (बुधवार) आँखा खुलेको छ । माया मारिसकेका थियौं उनको दिदि कौशीलाले भनिन ‘ मेरो भाइलाई बचाईदिनुहोस’ ।–00–


