काठमाण्डौं, १३ पौष । रोजगार अनुमति प्रणाली ९ईपीएस० पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा एउटा गाडी जलाएका छन्।
ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा उनीहरू आन्दोलित भएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हुन्। ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन्।
कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखाकेन्द्रित आन्दोलन गररिरहेका छन्। ती युवाहरूका कारण ग्वार्को क्षेत्र तनावग्रस्त छ।


