जिल्ला स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगीतामा ६ वटाखेल सकियो

कालिका, ६ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता अन्र्तगत आज(शुक्रवार) ६ वटा खेल भएका छन् । बाँकी दुई समुह भोली (शनिवार)खेल्नेछन् ।

आज भएको पहिलो चरणको खेल अन्तर्गत मोहना माध्यमिक विद्यालय र भीमोदय नमुना माध्यमिक विद्यालयबीचको खेलमा भीमोदय नमुना माध्यमिक विद्यालय विजयी भएको छ । यस्तै चित्रवन सेकेन्डरी स्कुल र अमर माध्यमिक विद्यालयबीच भएको खेलमा चित्रवन सेकेन्डरी स्कुल विजयी भएको छ ।

यस्तै दक्षिणकाली आ.वि.(समुह) र प्रभात मा.वि बीच भएको खेलमा प्रभात मा.वि विजयी भएको छ । यस्तै ग्लोरियस एकेडेमी र पृथ्वी मा.वि बीच भएको खेलमा ग्लोरियस एकेडेमी विजयी भएको छ । यस्तै नारायणी नमुना मा.वि र कृष्णनगर मा.वि बीच भएको खेलमा नारायणी नमुना मा.वि विजयी भएको छ ।

यस्तै दिवाकर स्मृति मा.वि र गड्यौली आधारभूत माध्यमिक विद्यालय(समुह)बीच भएको खेलमा दिवाकर स्मृति मा.वि विजयी भएको छ । बाँकी दुई समुह सनराईज आ.मा.वि र इन्टरनेसनल आ.मा.वि बीच भोली खेलहुनेछ । यस्तै अङ्कुरम आ.मा.वि र नारायणी ई.पब्लिक स्कुल बीचको खेल पनि भोलीनै हुनेछ ।

आज विजय भएका समुहहरु भोली दोश्रो चरणमा प्रवेश गरेका छन् । विजयी टिमहरुबीच दोश्रो चरणको खेलपनि भोलीनै हुनेछ ।

विद्यालय स्थापना भएको ५३ औं वर्षको अवसरमा कालिका ५, पदमपुर स्थित भीमोदय नमुना माध्यमिक विद्यालयले जिल्ला स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता आयोजना गरेको खेल संयोजक डिलवहादुर तामाङले जानकारी दिनुभयो ।

तस्विरः सेतो नेपाल ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु