नेपाली सेनाको मेडिकल टिमसंगै प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला प्रस्थान

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् ।  आज बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।

उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएकाे प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा ५० भन्दा बढीको ज्यान गएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिमको पनि अवलोकन गर्नेछन् ।–00–

Share:

सम्बन्धित समाचारहरु