कालिका, १३ असोज । ३३ औं अन्तराष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका १ सय ९१ जना जेष्ठनागरिकहरुलाई एकदिने तीर्थ यात्रा गराएको छ । नगरपालिकाको प्रत्येक वडाबाट सहभागी जेष्ठ नागरिकहरुलाई नगरप्रमुख विनोद रेग्मी र प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले खादा लगाई पठाएको थियो ।
वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएका सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीपनि कार्यक्रममा सहभागी थिए ।
जेष्ठ नागरिकहरुको सम्मानका लागि मकवानपुरको हेटौडा सम्म लगिएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख नानीमैया पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले मकवानपुरको हेटौंडा स्थित त्रिवेणी धाम पुगेर १८१ धारा स्नान गरेका छन् । यस्तै हेटौंडा स्थित शहीद स्मारक पुगेर अवलोकन भ्रमण समेत गरेका छन् ।
तीर्थ यात्रामा ६ जना स्वास्थ्यकर्मी सहित प्रत्येक वडाबाट दुईजना जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरु समेत सहभागी थिए । अघिल्लो वर्षहरुमा पनि कालिका नगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा विभिन्न कार्यक्रमगर्दै आएको थियो ।


































—-00—


