दीपेश चौधरी-
सौराहा, ३ असोज । घण्टाघरलाई सौराहा प्रवेशद्धारको रुपमा लिइन्छ । पर्यटकीय आकर्षणको रुपमा घण्टाघर बनाइएको हो । घण्टाघरको फेदिमा गमलामा फुल रोप्ने काम गरिएको छ । यसले हरियाली मात्रै नभई घण्टाघर चोकलाई सुन्दर र मनमोहक बनाउन मद्दत पुग्ने विश्वास छ ।
वडा नं. ७ मा निर्माण भएको घण्टाघरलाई हरियाली सहित सुन्दर बनाउने अभियान अन्तर्गत आज फुलको विरुवा रोपिएको छ । रत्ननगर नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले आफ्नो गाउँघर बनाउन आफै जुट्नुपर्ने बताउनुभयो । घण्टाघर हरियाली र सुन्दर बनाउन सके यसले सौराहा आउने पर्यटकहरुलाई थप खुशी मिल्ने तर्कगर्नुभयो ।
कार्यक्रममा मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन चौधरीले घण्टाघरलाई हरियाली र सुन्दर बनाउन सके यसले यहाँको बेग्लै परिचयदिने बताउनुभयो । फुल रोप्ने कामसँगै यसलाई गोडमेलदेखि हुर्काउनमा विशेष ध्यानदिनुपर्ने समेत उहाँले बताउनुभयो ।
रेन्जर सरोजकुमार चौधरी, प्याराडाइज यूवा क्लबका निवर्तमान अध्यक्ष मथुरा चौधरी, गोधुली साकोसका प्रमुख कार्यकारी अधिकृत शरदकुमार महतो लगायतको उपस्थिती थियो ।





–00–

