कालिका, ३१ भदौं । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा चितवनको स्थानीय कालिका नगर स्काउटले प्राकृतिक पदयात्रा आयोजना गरेको छ । कालिका डाइनामिक क्रु र Quick Response Team (QRT)टिसँगको सहकार्यमा शनिवार एकदिने प्राकृतिक पदयात्रा आयोजना गरेको हो ।
कार्यक्रममा स्काउट विद्यार्थीलाई चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतपर्ने कुमरोज मध्यवर्ती सामुदायिक वन, दराई बोटे ताल, वन्यजन्तु प्रदर्शन तथा सूचना केन्द्र सौराहा, हात्ती प्रजन्न केन्द्र तथा आसपासका क्षेत्रहरुमा अवलोकन गराईएको थियो । नियमित स्काउट गतिविधि संचालनगर्दै आएको स्काउट विद्यार्थीहरुलाई वातावरण संरक्षण, वन्यजन्तु संरक्षण प्राकृतिक स्रोत साधनको सम्बर्द्धनगर्ने उद्देश्यले प्राकृतिक पदयात्रा गरिएको कालिका नगर स्काउटका संयोजक सन्तोष लामिछानेले बताउनुभयो ।
कालिका भित्रका स्काउट गतिविधि चलेका ११ विद्यालयका विद्यार्थी, नगर स्काउट समिति सदस्यहरु Quick Response Team (QRT) क्यूआरटीका सदस्यहरु, कालिका डाइनामिक क््रयूका रोबर रेन्जरहरु, विद्यालयका प्रधानाध्यापक, स्काउट शिक्षक सहित ४ सय २८ जना प्राकृतिक पदयात्रामा सहभागी थिए ।
कार्यक्रममा भीमोदय नमुना मावि, पृथ्वी मावि, चतुर्मुखी मावि, शमिपुर मावि, रेडक्रस मावि, सिद्दी विनायक आवासीय मावि, जमुनापुर मावि, आधारभूत विधालय गडयौलि, आधारभूत विधालय सहपुर, आधारभूत विधालय जुटपानी बजार र आधारभूत विधालय ढेड्यैली सहभागी भएका थिए । उक्त कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्याम बराकोटीले त्यस सामुदायिक वनमा पाउने वन्यजन्तुको बारेमा स्काउट विद्यार्थीहरुलाई जानकारी दिदै आगामी दिनहरुमा स्काउट संग सहकार्य गर्ने बताउनु भएको थियो । यसै गरि चोरी सिकारी नियन्त्रण तथा युवा जागरणको अध्यक्ष हेम गुरुङले सबै सरोकारवाला तथा स्काउट मिलेर वन्यजन्तुको महतो र संरक्षणमा ध्यान दिनु पर्ने जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बफरजोन अन्तर्गतका बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष ले चितवन राष्ट्रिय निकुन्जमा पाइने लोपोन्मुख जीवजन्तुहरुको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा शामीपुर बिधालयका प्रधानध्यापक धर्मेन्द्रजंग रायमाझीले कार्यक्रमको महत्व राख्दै शुभकामना व्यक्त गर्नु भएको थियो । सहभागी सम्पूर्ण विधालयलाई मायाको चिनो र स्काउट विद्यार्थीहरुलाई hike batch प्रदान गरिएको थियो ।


–00–


