देशमा योजनाबद्ध विकासको थालनी गर्नुपर्छ – डा.कोईराला

रत्ननगर, ३० भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा।शंशाक कोईरालाले देशमा योजनाबद्ध विकासको थालनी गर्नुपर्ने बताएकाछन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियरिङ्ग नेपाल (सिडेन) को कार्यक्रममा उनले सम्भावना भएका क्षेत्रमा एक पछि अर्को गर्दै योजनावद्ध तरिकाले विकाश गर्दै लैजानुपर्ने बताए । प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा विकाश निर्माण गर्नुपर्ने उनले बताए ।

कांग्रेसका शुभेच्छुक संस्थाले बेटर चितवन बनाउने योजना अधिसारेकोमा धन्यवाद व्यक्त गर्दै उनले पर्यटन, कृषि, उद्योग लगाएत अन्य क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।जगदिश चन्द पोखरेलले योजना निर्माणका बारेमा सहजीकरण गरेका थिए ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियरिङ्ग नेपाल (सिडेन) का अध्यक्ष लक्ष्मण के।सीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल आयल निगमका जनरल म्यानेजर उमेश प्रसाद थामी, नेपाल इन्जिनियर एशोशियसनका अध्यक्ष डा।हरि वहादुर दर्लामी लगाएतले मन्तव्य राखेका थिए ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियरिङ्ग नेपाल ९सिडेन० वागमती प्रदेशका अध्यक्ष ईन्जिनियर नरकान्त सापकोटाले सञ्चालन गरेको कार्यक्रममा सिडेनका केन्द्रिय महासचिव ईन्जिनियर थमन वहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु