कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको उद्योग मन्त्रालयमा सरुवा

कालिका, १५ भदौं । कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्याय सुरुवा हुनुभएको छ । कालिका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर १३ महिना काम गरी उहाँ उद्योग मन्त्रालयमा सरुवा हुनुभएको हो ।

चितवन बसाईँ अत्यन्तै सुखद रहेको उहाँले बताउनुभयो । काठमाण्डौं फर्किनु अघि पालिकामा आयोजना गरिएको विदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले कालिका सधै आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो । कालिकाका लागि काठमाण्डौंमै रहेर केही सहजिकरण गर्न सकिने सम्भावना रहेको उहाँले बताउनभयो । आफुलाई कालिकाले प्रशासनिक सल्लाहारकै रुपमा आफुलाई लिन समेत उहाँले आग्रहगर्नुभयो । जनप्रतिनिधि र कर्मचारीहरुको बलियो साथ पाएका कारण कालिका नगरपालिकामा केही राम्रा कामगर्न सफल भएको दावी गर्नुभयो ।

विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले प्रमुख प्रशासकीय अधिकृतको योगदानलाई कालिकाबासीले सम्झनागर्न लायक रहेको बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिहरुबीचको ट्यूनिङ बुझेका कारण कामगर्न पनि सहज भएको बताउनुभयो । नगर प्रमुख रेग्मीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकुशलताका कारण नगरपालिकाको बेरुजी न्यूनिकरणमा आफुहरु सफल हुँदै गएको स्पष्टपार्नुभयो । ढुंगा, गिट्टी बालुवा व्यवस्थापनमा प्रमुख प्रशासकीय अधिकृतको राम्रो साथ पाएको बताउनुभयो ।

सरुवा हुनु नियमित प्रकृया हुने भएकाले आफ्नो उद्देश्य अनुसार सफलताका लागि कामनागर्दै नगर प्रमुख रेग्मीले कालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतले दिएको योगदान सम्झना लायक रहेको बताउनुभयो ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु