रत्ननगर, ५ भदौ । नेपाली कांग्रेसका केन्द्रिय नेता प्रदीप पौडेलले २०८४ को चुनावमा कसैसंग गठबन्धन नगरेपनी कांग्रेस एक्लैले चुनाव जित्ने दावी गरेका छन् ।
मंगलबार रत्ननगरमा आयोजित कांग्रेस रत्ननगरको सम्मेलनलाई सम्बोधन गर्दै अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि पार्टीहरूसंग गठबन्धन गर्नु नपर्ने बताएका हुन् ।
सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस ले १० वटा दल संग मिलेपनी विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूलाई जनताका पक्षमा काम गर्न पौडेलले आग्रह गरे । उनले अहिले पार्टी को छ्वी विग्रिएको भन्दै सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न सक्ने हो भने पार्टीको छवी सुध्रने बताए ।
‘८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ । हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा कुनै दलसंग नमिलेपनी हामीलाई कसैले हराउन सक्दैन,उनले भने, ‘सरकार भ्रष्टाचार को सन्दर्भमा निर्मम ढङ्गले अगाडी जान सक्यो र हामीले चुनावमा राम्रो काम गरेको भाषण गर्न पायौं भने ८४ मा एक्लै चुनाव लडेर जित्न सकिन्छ । त्यसैले ८४ मा चुनाव जित्ने हो भने सुसासनको पक्षमा जनताको पक्षमा काम गरौं, जनताले अहिले धेरै ठुलो कुरा केही खोजेका छैन सुशासन खोजेको छन् उनले भने, सुसासनको पक्षमा काम गर्न सके हाम्रो छ्वी सुध्रिन्छ ।–00–


