नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म भित्र खुल्ने सम्भावना,पहिरो हटाउने काम जारी

चितवन,५ भदौं । नारायणगढ–मुग्लिन सडक खण्ड अपरान्ह ३ बजपछि मात्रै खुल्न सक्ने सम्भावना देखिएकोछ । नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउने काम भइरहेको छ । अपरान्ह ३ बजे भित्रमा पहिरो पन्छाएर सकिने सम्भावना रहेको भिडिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउने क्रम जारी छ ।

अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ भिडिजन सडक कार्यालयका प्रमुख पौडेलले भन्नुभयो –  ‘पाँचसात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उहाँको भनाइ छ ।

 

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । –00–

तस्विरः विनोद श्रेष्ठ

Share:

सम्बन्धित समाचारहरु