काठमाडौँ, ५ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठक केही समयअघिदेखि सुरू भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद् अवरुद्ध गरेपछि राष्ट्रपति पौडेलले चासो राखेका थिए । आजको बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका एक सल्लाहकारले जानकारी दिए ।
राष्ट्रपति पौडेलले बोलाएको बैठकमा एमाले भने उपस्थित छैन । एमालेका एक नेताले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएपछि एमाले बैठकमा सहभागी नभएको हो ।–00–

