पहिरोकाे कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

चितवन, ४ भदौं । सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ । ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।–00–

 

 

Share:

सम्बन्धित समाचारहरु