आफैँले संवेदनशील अंग (लिंग) काटेर जब एक युवा अस्पताल पुगे…

काठमाडौं,३२ साउन । मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा ती व्यक्ति आफैँले संवेदनशील अंग काटेका थिए ।

घटना गए राति करिब १० बजेको हो । मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएका प्रहरीले जनाएको छ ।

 

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ गए राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार हुमागाइँले आफैँले संवेदनशील अंग काटेको बताएका छन् । कारण खुल्न बाँकी छ । उनको तत्कालीन अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु