कपिलवस्तु, २७ साउन
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
विजयनगर गाउँपालिका २ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको शुक्रबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको हो।
उनकी हजुरआमा ४८ वर्षीया अन्जुम भाँट घाइते भएकी परिवारले जनाएको छ।

