पत्रकार पौडेललाई एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार

भरतपुृर, २३ साउन । कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेल ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत भएका छन् । एक्सपर्टको २०औं वार्षिकोत्सव समारोहको अवसरमा आज ९मंगलबार० आयोजित विशेष कार्यक्रममा पौडेललाई नगद २५ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीलगायतले दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । वि।सं।२०३५ साल भदौं २२ गते चितवनको नारायणगढमा जन्मिएका पत्रकार पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायीक पत्रकारिता सुरु गरेका हुन् । २०६६ सालदेखि नागरिक दैनिकमा आवद्ध भएका पौडेल २०७४ साल फागुन यता भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु