नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला

काठमाडौं, १८ साउन । काठमाडौंको सामाखुसीस्थित नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले १३ वर्षीय साजन मगरलाई दक्षिणकाली नगरपालिका–७ स्थित बागमती किनारमा मृत फेला पारिएको जानकारी दिए ।

साउन ७ गते भारी वर्षा भइरहेका बेला सडकमा निस्किएका उनी नालीमा खसेका थिए ।–00–

 

Share:

सम्बन्धित समाचारहरु