कालिका, १५ साउन । रुखबाट लडेर मृत्युभएको कालिका वडा नं. ५ का साने बोटको श्रीमतिलाई छिमेक लघुवित्त वित्तीय संस्थाले बीमा दावी भुक्तानी रकम दिएको छ । संस्थाको कालिका शाखा प्रबन्धक ऋषिराम तिमिल्सिनाले ४२ हजार रुपैयाँको चेक हस्तान्तरणगर्नुभयो ।
बीमा दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा कालिका वडा नं. ५ का वडा सदस्य जलेश्वर महतो, संस्थाका इकाई सदस्यहरु समेत सहभागी थिए । २०७९ साल चैत २८ गते बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट खसेर बालुली बोटेका श्रीमान साने बोटको मृत्युभएको थियो ।–00–

