''एसईई परीक्षामा सत प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षकहरु सम्मानित''

राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरलाई बस हस्तान्तरण, छात्रवृति वितरणदेखि शिक्षक, कर्मचारी, विद्यार्थी सम्मानित

कालिका, ११ साउन । राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरलाई स्कुल बस हस्तान्तरण गरिएको छ । विद्यालयले आज आयोजना गरेको छात्रवृत्ति वितरण, एसईई सम्मान तथा बस हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बसको चावी हस्तान्तरण गर्नुभयो ।

कालिका नगरक्षेत्रका सामुदायिक विद्यालयहरुमा शमीपुर नमुना विद्यालयको रुपमा विकास हुँदै गइरहेको छ । विद्यार्थीको बढ्दो चापलाई आधार मानेर स्कुललाई बस प्रदान गरिएको हो । बस हस्तान्तरणसँगै एसईई परीक्षामा सहभागी २१ जना विद्यार्थीलाई स्कुलले सम्मान गरेको छ । शमीपुरले अनुमति नपाएका कारण आफ्नो विद्यार्थीलाई पृथ्वी मा.विको तर्फवाट परीक्षामा सहभागी गराएको थियो । यो पटक शमीपुरमा अध्ययनरत्त २१ जनाले एसईई परीक्षामा सहभागीता जनाए । सहभागी सबै विद्यार्थीले उत्कृष्ठ अंक ल्याएर पास भएका छन् ।

यस्तै कक्षा १ देखि १० सम्मका अन्यन्तै निम्नस्तर भएका १० जना विद्यार्थीलाई नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले छात्रवृत्ति वितरण गरे ।

विभिन्न व्यक्तिहरुवाट सहयोग स्वरुप प्राप्त ६ जना विद्यार्थीहरुलाई साईकल समेत वितरण गरिएको छ । उपप्रमुख विमला तमाङले साईकल वितरण गर्नुभएको हो । कार्यक्रममा एसईई परीक्षामा सत–प्रतिशत विद्यार्थी पास गराउन सफल चारजना शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरुमा अर्थ शास्त्र विषय पढाउनुहुने शिक्षक यशोदा खनाल, स्वास्थ्य विषय पढाउनुहने गणेश खवास थारु,अंग्रेजी विषय पढाउनुहुने क्षिक सावित्री देवकोटा, कम्प्यूटर विषय पढाउनुहुने दिपेश बस्नेत शिक्षक सम्मानित हुनुभएको हो ।

यस्तै एसईई परीक्षाको बेला यातायातको सहज वातावरण बनाउन सहयोगगर्नुहुने होस्टेलका वार्डेन सुदिप श्रेष्ठ र सपना परियारलाई समेत सम्मान गरिएको छ । यस्तै बस चालक लाल केशर चौधरी पनि सम्मानित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम अझै जारी छ ।

 

 

 

((००))

 

Share:

सम्बन्धित समाचारहरु