भरतपुर महानगरले बजार अनुगमनलाई तीब्र बनायो, म्याद सकिएको सामग्री जफतगरी नष्टगर्दै

भतपुर, ८ साउन । भरतपुर महानगरले बजार क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ । बजार क्षेत्रमा विक्रिगर्न राखिएको म्याद सकिएको खाद्य सामग्री जफत गरेर महानगरले नष्ट गरेको छ ।

महानगरले यो अभियानलाई अझै तीब्रता दिने जनाएको छ । मानविय स्वास्थ्यमाथी खेलवाडगर्दै बजार क्षेत्रका होटल तथा मिठाई पसलदेखि किराना पसलहरुमा म्याद सकिएको खाद्यन्न सामग्रीको प्रयोग देखि विक्रिवितरण भइरहेको र्सूचनाका आधारमा महानगरले छडके चेकजाँच अभियानलाई तीब्रता दिने जनाएको हो ।

यस्ता खालका पसल तथा व्यवसायीहरुलाई जरिवाना सहित सामाग्री जफत गर्नेगरी अनुगमन भइरहेको महानगरले जनाएको छ ।

–00–

#भरतपुरमहानगर#बजारअनुगमन#

Share:

सम्बन्धित समाचारहरु