चितवन, ६ साउन । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वी चितवनको राप्तीवाट एकीकृत समाजवादी पार्टीका वडा अध्यक्ष पक्राउ परेका छन् । वडा नं. २ का पार्टी अध्यक्ष गणेश लामा पक्राउ परेका हुन । एकजना बालिकालाई पटक पटक यौनदुर्व्यवहार गरेको भन्दै स्थानीयले लामालाई नियन्त्रणमा लिएर आज विहान प्रहरीलाई जिम्मा लगाएका थिए । लामालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ।
१७ वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेको अध्यक्ष लामामाथी आरोप छ । पीडितपक्षले दिएको जाहेरीको आधारमा प्रहरीले अध्यक्ष लामालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि कानुनी प्रकृया अगाडी बढाइएको चितवन प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि भोली म्याद थपगर्ने प्रहरीस्रोतले बताएको छ ।
समाचार हटाउन दवाव-
एकीकृत समाजवादी पार्टीका वडा अध्यक्ष यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेको समाचार प्रकाशित भएपछि सेतोनेपाल डटकमवाट समाचार हटाउन दवाव दिएका छन् । केही युवाहरुले अपरिचित नम्बरवाट फोन गरेर धम्की दिँदै समाचार हटाउन दवाव दिएका हुन । समाचार नहटाए नराम्रो हुने धम्की दिएका छन् । समाचारमा पीडित भनिएको युवतीको समेत नाम सार्वजनिक गर्न दवाव दिइरहेका छन् । दिनभर समाचारकै विषयमा फोन गरेर अनावश्यक तनाव दिइरहेका छन् ।
उता त्यहि समुहले समाचार लेख्ने अनलाईन र पत्रकारलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । अपशब्द प्रयोगगर्दै पीडित भनिएको युवतीको नाम सार्वजनिक गर्न भनिरहेका छन् ।–00–


