उन्नती टोलको १६औं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

रत्ननगर ६, साउन  । रत्ननगर वडा नं. १० मा रहेको उन्नती टोल विकास संस्थाको १६औं साधारणसभा तथा छैठौं अधिवेशन शनिवार सम्पन्न भएको छ ।

टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद भटट्को अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पौडेलले उन्नती टोलमा रहेका केही विकास निर्माणका समस्याहरु विस्तारै समाधान गर्दै लैजाने बताए । टोलमा रहेका सोलार बत्तिहरु मर्मत गर्नुका साथै फोहोर राख्न प्रयोग हुने डस्विन, चोकहरुमा सिमेन्का कुर्चीहरु राख्ने कार्यहरु वडाले गर्ने बताए ।

 

रत्ननगर १० लाई नमुना वडाको रुपमा सबैमाझ चिनाउने उनले प्रतिवद्धता व्यक्त गरे । उनले भने, “पाँच वर्षको अवधिमा वडा नं. १० का जनप्रतिनिधिले वडामा यस्ता खालका नमुना कार्यहरु गरेर गए भन्ने हिसाबले अहिले कार्य गरिरहेका छौ, पक्कै पनि सम्पूर्ण वडा बासिहरुले साथदिनुहुनेछ ।” कार्यक्रममा संस्थाका अध्यक्ष भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सोनु गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. १० का वडा सदस्य गोमा भण्डारी, सल्लाहकार सूर्यकान्त मिश्र, निर्वाचन मण्डलका संयोजक यज्ञ विलास न्यौपाने लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव मधुविलास न्यौपानेले सञ्चालन गरेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु