भारतीय ग्यास बुलेट गाडीमा लागू औषध ओसारपसारगर्ने दुईजना पक्राउ

चितवन, ३ साउन । भारतिय नम्बरको ग्यास बुलेट गाडीमा ७० किलो लागू औषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरीको टोलीले राप्ती नगरपालिका वडा नं. १ लोथरबाट बुलेट गाडी सहित उनीहरुलाई पक्राउ गरेको हो । सडक खण्डमा चेकजाँचगर्ने क्रममा पिप्लेवाट लोथरतर्फ आउँदै गरेको MH48AY4709 नम्बरको भारतीय ग्यास बुलेट गाडीमा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा ७० किलो फेला परेको चितवन प्रहरीले जनाएको छ ।

साढे १ बजे राती चेकजाँचको क्रममा फेला परेको लागू औषध सहित बुलेट गाडी र चालक भारत झारखण्ड कोर्ड बस्ने ३५ वर्षका मनोज कुमार पासवान र गाडीमा सवार मकवानपुर जिल्ला मनहरी गा.विस वडा नं. ७ बस्ने ४५ वर्षका राजु वाइबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु