रत्ननगर, ३० असार । पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजपूर्ण रुपमा बन्द भएको भनेर भइरहेको प्रचार प्रशारप्रति कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । न्यू क्यापिटलमा वीवीएस अन्तर्गतका कक्षा खारेजी भएपनि माध्यमिक तहमा भर्ना भइरहेको विद्यालयले स्पष्ट पारेको छ ।
विद्यार्थी अभावका कारण त्रिवीबाट सम्बन्धन प्राप्त वीवीएस कक्षा संचालनगर्न नसक्दा सम्बन्धन खारेजीको प्रकृयामा छ । न्यू क्यापिटलले माध्यमिक तहका कक्षा भने संचालन जारी राखेको विद्यालयका प्राचार्य भुपेन्द्र धितालले जानकारी दिए । उनका अनुसार २०७२ सम्म न्यू क्यापिटल कलेजमा वीवीएस कक्षा संचालन भएको थियो । १५ जना विद्यार्थी भर्ना भएका थिए । त्यसपछिका वर्षहरुमा विद्यार्थी अभाव हुँदै गयो । विद्यार्थीनै नभएपछि वीवीएस कक्षा बन्द भयो । पाँचवर्ष सम्म कक्षा संचालन भएन भने टियूले सम्बन्न खारेजीगर्ने नीतिनै छ ।
२०५७ सालमा स्थापना भएको कलेजमा होटल व्यवस्थापनपक्षमा राम्रो लगानी गरेको छ । १० वटा आफ्नै बस सुविधा भएको यस शैक्षिक संस्थाको प्रत्यके कक्षा कोठामा एसी सुविधा छ । झण्डै ३० करोड लगानी भएको यो कलेज अब माध्यमिक तहमा उत्कृष्ट व्यवस्थापन गरेर विद्यार्थी पठन पाठन गराउने योजनाका साथ अघि बढेको प्राचार्य धितालले जानकारी दिए ।
अहिलेपनि माध्यमिक तहमा विद्यार्थीको राम्रो आकर्षण रहेको उनको भनाई छ । कक्षा १२ मा ३६७ जना परीक्षा दिएका छन् भने कक्षा ११ वाट ४८१ जनाले परीक्षा दिएर १२ मा प्रवेश गरेका छन् । केही व्यक्तिले न्यू क्यापिटल पूर्ण रुपमा बन्दभएको भन्दै हल्ला चलाइरहेकाले विद्यार्थीलाई भ्रममा नपर्न समेत आग्रह गरे । कक्षा ११, मा धमाधम भर्ना भइरहेको छ उनले भने ।
हालसम्म नविकरण नगरेको १ सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजीगर्ने प्रकृया थालेको छ । यहि अन्तर्गत रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजपनि खारेजीको प्रकृयामा छ । कलेज खारेजी प्रकृयामा गएपनि माध्यमिक तहमा भने यसले केही प्रभावनपर्ने विद्यालय प्रशासनको दावी छ।–00–


