रिक्त रहेको ९३२ पदपूर्तिका लागि सशस्त्र प्रहरीमा आवेदन माग

काठमाण्डौ, २९ असार

सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

Share:

सम्बन्धित समाचारहरु