श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखियो सीता दाहालको शव

काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। अहिले यहाँ दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता,सर्वसाधारण र शुभेच्छुकको भीड लागेको छ।

दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।–00–

Share:

सम्बन्धित समाचारहरु