एसईई परीक्षामा कालिका नगर क्षेत्रका संस्थागत विद्यालयहरुमा मुनलाईट अगाडी

कालिका, २३ असार । एसईई परीक्षा दिएका कालिका नगरपालिका क्षेत्रका ६ वटा संस्थागत विद्यालय मध्ये मूनलाईट माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

२८ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जनाले ए प्लस, ३ जनाले ए, ३ जनाले बी प्लस, ७ जनाले बी, ५ जनाले सि प्लस र ५ जनाले सि ग्रेड ल्याएका छन् । विद्यालयका छात्रा युनिस्का पौडेल र छात्र मनिष कुमालले बराबरी जीपीए ल्याएर संस्थागत तर्फ नगरकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी बनेका छन् । उनीहरु दुईजनाले ३.८० (बराबरी) जीपीए ल्याएका छन् ।

यस्तै अन्य संस्थागत विद्यालयहरुमा सिद्धी विनायक स्कुलका छात्र क्रिशिम पाण्डेले ३.७५ जीपीए ल्याउन सफल भएका छन् । यस्तै विपिशा थापा मगरले ३.७० जीपीए ल्याएकी छन भने सन्तोष आचार्यले ३.६५ जीपीए ल्याउन सफल भएका छन् ।

यस्तै चित्रवन स्कुलका एकजना विद्यार्थीले ३.६० जीपीए ल्याएका छन् । यसैगरी जुटपानी एकेडेमीका पनि एकजना विद्यार्थीले ३.३५ जीपीए ल्याएका छन् । यस्तै न्यू सगरमाथा स्कुलका एकजना विद्यार्थीले ३.६० जीपीए लाउन सफल भएका छन् । यसैगरी पदमपुर शिक्षा निकेतनका एकजना विद्यार्थीले ३.७० जीपीए ल्याउन सफल भएका छन् ।

मुनलाईट स्कुलका छात्रा युनिस्का पौडेल र छात्र मनिष कुमाल
मुनलाईट स्कुलका छात्रा युनिस्का पौडेल र छात्र मनिष कुमाल

 

–00–

Share:

सम्बन्धित समाचारहरु