नवलपरासी र रुपन्देहीमा बाढी र डुबानको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

परासी, १६ असार । पछिल्लो ६ घण्टामा नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको छ।

जसका कारण सो जिल्ला भई बहने खोला – नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ।

Share:

सम्बन्धित समाचारहरु