-सिमोन चौधरी / सेतोनेपाल
चितवन, ८ असार । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका अवैध संचरचनालाई भरतपुर महानगरपालिकाले हटाउने अभियानलाई तीब्र बनाएको छ ।
आज(शुक्रवारं) विहानैदेखि भरतपुरको हाकिम चोकदेखि भित्र क्यान्सर अस्पताल जाने मोडमा बनेका संरचनाहरु डोजर लगाएर हटाएको हटाएको छ । ठोरी माडी हुलाकी सड्क खण्ड अन्तर्गतपर्ने यो सडक र नहरको जग्गा अतिक्रमण गरेर संरचना बनेका थिए । फलफुल, मासुपसल, होटल लगायतका व्यापार व्यसायगर्दै आएको सटर सहितको संचरचनालाई महानगरको डोजरले हटाएको हो ।
महानगरले मंसिरदेखिनै यो ठाउँ खालीगर्न सार्वजनिक सूचना जारीगर्दै आएको थियो । अतिक्रमण गरेर बसेकाहरुले संरचना हटाउन अटेरगरेपछि महानगरले नगरप्रहरी, नेपाल प्रहरी सहित डोजर लगेर भत्काएको हो ।
यस अघि नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ ।
यस्तै चितवन माध्यमिक विद्यालयको जग्गाको क्षेत्रमा सानासाना टहरा बनाएर व्यापार व्यवसाय सुरु गरेकाहरुलाई पनि महानगरले हटाएको छ ।








–00–


