कालिकाको नीति तथा कार्यक्रमः नगरक्षेत्रका कृषि तथा बचत ऋणसहकारी संस्थाले ५० प्रतिशत कृषि तथा उत्पादनमुलक उद्योगमा लगानीगर्नुपर्ने

कालिका, ३ असार । कालिका नगरपालिकाले ६० बुद्धे आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महिला संजालको सभाहलमा आज आयोजना गरिएको नगर सभामा कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले आर्थिक वर्ष २०८० /०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपंन्छी पालनक्षेत्रलाई नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ ।

आर्थिक सम्बृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार देखि कालिकाका सान, विषादीमुक्त खानपान जस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको हो । यसमा खाद्यान्न, तरकारी, फलफु तथा दुग्धजन्य र मासुजन्य उत्पादनमा बृद्धिगरी आत्मनिर्भर बनाइने भनिएको छ । यस्तै आधुनिक कृषि प्रबिधि तथा उपकरणको प्रयोगगरी निर्वाहमुखी खेती अन्त्यगर्दै व्यवसायीकरण गरिनेछ ।

कृषिक्षेत्रलाई उत्पादनमुखी बनाउन कृषि पकेट क्षेत्र घोषणागरी उपयुक्त प्रविधि, पूर्वाधार, सिंचाई, बिउविजन तथा मल, बाली बीमा एवम् क्षमता विकास तथा कृषि प्रसारका कार्यक्रम संचालन संचालन गरिने छ ।
मौरीपालन व्यवसाय, च्याउ खेती, केरा तथा कागती खेती र पुष्प व्यवसाय प्रर्वद्धनगर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यस्तै विषादी रहित खाने र अरुलाई पनि खुवाउन रासायनिक मलको खपत क्रमश घटाउँदै प्राङ्गारिक मलको प्रयोगगरी खेतीगर्न प्रोत्साहनगर्ने नगरपालिकाको नीति छ । नगर क्षेत्रभित्रका कृषि तथा बचत ऋणसहकारी संस्थालाई ५० प्रतिशत कृषि तथा उत्पादनमुलक उद्योगमा लगानीगर्नुपर्ने व्यवस्था गरिने नगरपालिकाले नीति बनाएको छ ।

यस्तै मह, च्याउ, केरा, रैथाने कोदो, फापर र पिडालु जस्ता कालिकाका स्थानीय उत्पादनहरुको बजारीकरण र पहिचानका लागि‘मेक इन कालिका’ प्रतिक चिन्हराखी ब्राण्डिङगरी बजारीकरण गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम छ ।–00–

Share:

सम्बन्धित समाचारहरु