समाजवादी मोर्चाबारे ओलीको टिप्पणी- नचिनेका नेताहरू हुन् र डराउनु ?

काठमाडौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेतारकार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० लगायत पार्टीहरूको निर्णयप्रति इंगित गर्दै फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका हुन् ।

 

उनले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकाले डराउनु आवश्यक नरहेको बताए । अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकीर गरे । उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।

‘राजनीति गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित छैनन् । म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि, अरु पार्टीमाथि लगाएका आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ,’ उनले भने, ‘सही आरोप लगाउँदा उहाँहरूलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन ।’ आफूहरूले अब एउटा राष्ट्रिय शक्ति बनाएर अघि बढ्नुपर्ने भन्दै उनले उक्त शक्ति देश, जनता र विकासप्रति समर्पित बन्नेखालको हुनुपर्ने विश्वास व्यक्त गरे ।

 

‘समाजवादी मोर्चा बनाएर हुन्छ के रु किन बनाउने रु तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेकै हो, लिभिङ टुगेदर चलेकै थियो, छ त,’ उनले भने, ‘हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ, जो देश, जनता, विकासप्रति समर्पित होस् । चारतिर फर्किएका चारतिरका फरक उद्देश्यका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ । २०८४ सम्म हुन सक्छ । हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु