काठमाण्डौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पौडेलको मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यलय स्रोतले जनाएको छ।
अहिले उनको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा उपचार भइरहेको स्रोतले बताएको छ। गत मंगलबार मात्र उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको एन्जिओग्राम गरिएको थियो। उनी बुधबार डिस्चार्ज भएका थिए। –00–


