चितवन, १ असार । तीर्थयात्रामा आएका एक भारतीय युवकको चितवनको देवघाटमा स्नानगर्नेक्रममा डुबेर मृत्यु मृत्युभएको छ ।
आज दिउँसो पौने १ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो साढे १ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नानगर्न सँगै नदमा पसेका थिए । स्नानगर्ने क्रममा शर्मा भने बेपत्ता भएका थिए ।–00–


