चितवन, २७ जेठ । नारायणी नदीमा पौडीखेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् । अर्को एकजनालाई स्थानीयले उद्धार गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
वेपत्ता हुनेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने २३ वर्षका सिमसन राई रहेका छन् । भरतपुर वडा नं. १६, शिवघाट स्थ्ति नारायणी नदीमा पौडी खोल्ने क्रममा डुबेर वेपत्ता भएको प्रहरीको भनाई छ । विपद् व्यवस्थापन सहितको प्रहरी टोली स्थानीयसँग समन्वय गरेर वेपत्ता भएका युवाको खोजिकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीसँगै रहेका सोही ठाउँघर भएका २० वर्षका दिवश राईलाई भने डुब्न लागेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनको अवस्था सामान्य रहेको छ ।–00–


