एकवर्षको अवधिमा कालिका नगरपालिका क्षेत्रमा १४ किलोमिटरबाटो कालोपत्रे भयो, गुणस्तरप्रति सचेत छौंः उपप्रमुख लामा

कालिका, २२ जेठ । नव निर्वाचित जनप्रतिनिधिहरु कार्यभार लिएको एकवर्षको अवधिमा कालिका नगरपालिकाले १४ किलोमिटरबाटो कालोपत्रे गर्न सफल भएको छ । पहाडी क्षेत्रका केहीबाटोहरु ढलान गर्नुपर्ने भएकाले ५ सय मिटर बाटो ढलान भएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

संघीय बजेट र प्रदेशसँग सहकार्य गरेर नगर क्षेत्रका बाटोलाई कालोपत्रेगर्ने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । यो एकवर्षको अवधिमा कालोपत्रेसँगै उच्चस्तरिय ग्राबेल बाटो, पहाडी क्षेत्रमा नयाँ ट्रयाक खोल्नेकाम समेत भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

अहिले निर्माण भइरहेका बाटोहरु गुणस्तरिय रहेको कालिका नगरपालिकाकी उपमेयर विमला लामाको दावी छ । ठेकेदारहरुसँग कार्यविधिनै बनाएर काम गरिरहेकाले पहिला जस्तो झारोटार्नेगरी काम हुन दिएका छैनौं सेतो नेपालसँगको कुराकानीमा उनले बताईन । अनुगमन समितिको संयोजक समेत रहेकी उपमेयर लामाले कमसल काम भएमा नगरभित्रका कुनैपनि योजना पुनःत्यो ठेकेदारलाई नदिने र विग्रीएका बाटोहरु पुनः उसैले बनाउनुपर्नेगरी निर्माण कम्पनीहरु सँग सम्झौता गरेर मात्रै काम गरिरहेको बताईन । बाटो निर्माण सम्पन्न भएको एकवर्ष सम्मको जिम्मा सम्बन्धित कम्पनीले लिनुपर्ने छ उनले भनिन ।

अहिले पदमपुरको वडा नं. २ स्थित सृजना चोकदेखि ७ नम्बरबाटोको चोक सम्म कालोपत्रेगर्ने काम भइरहेको छ । आर्थिक वर्षको बजेटले पुन ः यो बाटोलाई जंगलछेउ सम्मनै कालो पत्रे गरिने छ । नगरपालिकाको ३० लाख र वडाको आफ्नै बजेट मध्ये ४० लाखगरी ७० लाखको बजेटमा कालोपत्रेगर्ने काम भइरहेको वडा न.. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । यो बाटो नवयु निर्माण कम्पनीले निर्माणगर्ने जिम्मा लिएको छ । ४० लाखको अर्को प्याकेजमा पनि वडाभित्रको अर्को बाटो कालोपत्रे भइरहेको छ ।

वडा नं. २ को बाटो नं. ३, ५ गरी २६ सय मिटर सडक, १५ सय मिटर पुनः वडा भित्रकै कामगछौं । यस्तै वडा नं. २ र ३ को सीमाना बाटोको सडकपनि कालोपत्रे भइसकेको छ। आफ्नो वडा अहिले कालोपत्रे बाटो भन्दा सतही सिचाईको कामलाई प्राथमिकता दिएको जानकारी दिए । किसानहरुलाई खेतीगर्न सहज बनाउन सतही सिंचाइको काम वडाभित्र भइरहेको जानकारी दिए ।–00–

 

Share:

सम्बन्धित समाचारहरु